आइतवार, असार १५, २०८२

नेपाल प्रहरीमा एआईजीको तीनवटा दरबन्दी थप्ने निर्णय

  
कर्णाली टाइम्स बिहीबार, फागुन ५, २०७८


सुर्खेत। नेपाल प्रहरीमा तीनवटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप्ने निर्णय भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीनवटा विशिष्ट श्रेणीको दरबन्दी थप गर्ने निर्णय गरेको हो।
थप भएको दरबन्दीमा बढुवाका लागि घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसी लगायत प्रतिष्पर्धी छन्।
थप भएको दरबन्दीमा बढुवा हुनका लागि डीआईजी पन्त, कार्की, धिरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदीको लबइङ छ। उनीहरुमध्ये पन्त र कार्की हालका महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याची हुन्।
सिंह, धानुक र सुवेदीमध्ये जोसुकै एआईजीमा बढुवा भए भावी महानिरीक्षकको दाबेदार बन्नेछन्। उनीहरुको ब्याचका विश्वराज पोखरेल र सहकुलबहादुर थापा यसअघि नै एआईजी बनिसकेका छन्।
हालका आईजीपी थापाले १९ वैशाख २०७९ मा ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउँदैछन् ।