सुर्खेत। मोटरसाईकल दुर्घटनामा मृत्यु भएका भेरीगंगा नगरपालिकाका–१ वडा अध्यक्ष नवराज कार्कीको शोकमा सार्वजनिक विदा दिईएको छ। शनिवार शोक वक्तव्य जारी गरी आज नगरपालिकाभर सार्वजनिक विादा दिईएको हो।
आज नगरपलिका, वडा कार्यालयसँगै नगरपालिका भित्रका सबै सरकारी कार्यालयहरुमा सार्वजनिक विदा दिईएको नगरपालिकाले जारी गरेको शोक वक्तव्यमा जनाईएको छ।
वडा अध्यक्ष कार्की शुक्रबार राति काठमाडौंस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो।
फागुन ८ गते सुर्खेतको छिन्चु बजार नजिक फोर्स गाडीले उनी सवार मोटरसाईकललाई ठक्कर दिएको थियो। दुर्घटनामा ३० वर्षीय कार्की गम्भीर घाईते भएका थिए।
नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक र उनी घाईते भएका थिए।
दुर्घटनामा घाईते वडा अध्यक्ष कार्कीलाई १२ गते हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको थियो। त्यसअघि उनको कर्णाली प्रदेश अस्पतालमा उपचार भईरहेको थियो।
मोटरसाईकल चालक २० वर्षीय भूपेन्द्र शाहीको अवस्था भने सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ । उनको पनि ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचार भईरहेको छ।
मृतक कार्की २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए। २५ बर्षको उमेरमा अध्यक्ष बनेको उनी उनी सुर्खेतका सबैभन्दा कान्छा वडा अध्यक्ष थिए।
कर्णाली टाइम्स
आइतवार, फागुन १५, २०७८