बिहीबार, बैशाख ६, २०८१

आजै एमसीसी अनुमोदन हुने

  
कर्णाली टाइम्स आइतवार, फागुन १५, २०७८


सुर्खेत। सत्ता गठबन्धनमा समझदारी बनेपछि आजै मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गरिने भएको छ। आइतबार बिहान बसेको गठबन्धन बैठकले सैद्धान्तिक छलफलमाथि उठेका प्रश्नमा सरकारले जवाफ दिएपछि दोस्रो बैठक राखेर पारित गर्ने तयारी छ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनुमोदनको निर्णय भएकाले आइतबार नै अनुमोदन हुने बताए।
एमसीसीको व्याख्यात्मक टिप्पणी मन्त्रिपरिषद्बाटै पारित गरेर प्रतिनिधिसभामा पेस गर्ने तयारी छ। त्यसका लागि मन्त्रिपरिषद् बैठक बस्नेछ। बालुवाटार बैठकमा माओवादी केन्द्र र नेकपा एसले मन्त्रिपरिषद् बैठकबाट व्याख्यात्मक टिप्पणी पारित गर्नुपर्ने माग गरेका थिए।