कर्णाली टाइम्स
बिहीबार, फागुन १९, २०७८

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा जारी गरिएको निषेधाज्ञा आज बिहान ६ बजेदेखि पूर्ण रुपमा हटाईएको छ। एमसिसीको विरोधमा भएको प्रदर्शनका क्रममा केही समूह उग्र बनेपछि सुर्खेत जिल्ला सुरक्षा समितिले सोमबार बेलुका सवा ८ बजेदेखि मंगलबार बेलुका ७ बजेसम्म कफ्र्यू लगाएको थियो।
मंगलबार दिउँसो स्थिति सामान्य बनेपछि कफ्र्यू हटाएर अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरिएको थियो।
मंगलबार दिउँसोदेखि लागु हुनेगरी वीरेन्द्रनगर बजार क्षेत्र, यरीचोक, मंगलगढी चोक, हटियालाईन, हटियाचोक क्षेत्रमा पाँच जना भन्दा धेरै मानिस जमघट हुन नपाउनेगरी निषेधाज्ञा लगाईएको हो।
बुधवार बेलुका सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले हाल जिल्लाको शान्ति सुरक्षाको स्थिति सामान्य अवस्थामा आईसकेकोले बिहिवार बिहान ६ बजेदेखि निषेधाज्ञा हटाईएको जानकारी गराएको हो।
