
सुर्खेत। आइतबार सुनको भाउ प्रतितोला १ लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार तोलामा २ हजार रुपैयाँ बढेर प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ।
यसअघि शुक्रबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। २०७७ साउन २३ गते सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुुगेको रेकर्ड छ।
चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला १४१५ रुपैयाँ पुगेको छ। शुक्रबार प्रतितोला १३८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो। २०७७ साउन २७ गते चाँदी १४३५ सम्म पुगेको रेकर्ड छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १९७४ डलर हाराहारीमा पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपालमा असर परेको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए।
उनका अनुसार युक्रेनमाथि रुसको आक्रमणलाई लिएर अमेरिका, बेलायत लगायत राष्ट्रसँग रुसको विवाद बढ्दा सुनको माग बढ्न गएको हो, जसले केही सातादेखि मूल्यमा असर पारिरहेको छ।
कर्णाली टाइम्स
आइतवार, फागुन २२, २०७८
