आइतवार, पुस ६, २०८२

घरदैलो अभियानका लागि कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि

  
कर्णाली टाइम्स मंगलबार, फागुन २४, २०७८


सुर्खेत। नेपाली कांग्रेसले स्थानीय तहको चुनावका लागि एक महिने घरदैलो अभियान सञ्चालन गर्न लागेको छ । ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नाराका साथ अभियान सञ्चालन गर्न कांग्रेसले केन्द्रीय प्रतिनिधि पनि खटाएको छ।
मंगलबार सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय प्रतिनिधिलाई यसका लागि निर्देशन दिएका छन्।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय भएको छ। केन्द्रीय सदस्यहरुलाई जिल्ला तोकेर केन्द्रीय प्रतिनिधि खटाइएको हो।
०७९ वैशाख ३० मा हुने स्थानीय तह चुनावलाई लक्षित गर्दै कांग्रेसले फागुन २९ गतेदेखि स्थानीय तह केन्द्रित अभियान सञ्चालन गर्न लागेको हो।
गोरखालगायत केही जिल्लाका स्थानीय तहमा भने कांग्रेसले यो अभियान सञ्चालन गरिसकेको छ।