बिहीबार, बैशाख १३, २०८१

आठ महिनापछि पारित भयो अध्यादेशबाट ल्याईएको कर्णाली प्रदेशको बजेट

  
कर्णाली टाइम्स बुधबार, फागुन २५, २०७८


सुर्खेत। कर्णाली प्रदेश सरकारको आर्थिक बर्ष २०७८/७९ बजेट आठ महिनापछि पारित भएको छ। अध्यादेशमार्फत ल्याईएको बजेट मंगलबार प्रदेश सभा सदस्यहरुको बहुमतबाट पारित भएको हो।
विनियोजन अध्यादेश,२०७८ र आर्थिक अध्यादेश,२०७८ प्रतिस्थापन गर्न बनेका विनियोजन विधेयक, २०७८ र आर्थिक विधेयक, २०७८ मंगलबारको सदनबाट पास भएसँगै अध्यादेशबाट ल्याईएको बजेट पारित भएको हो।
असार १ गते प्रदेश सभामा पेश गरिएको बजेटमाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण छलफल नै हुन पाएको थिएन। संसदबाट उक्त बजेट पारित नभएपछि तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो।
यो आर्थिक बर्षको कर्णाली प्रदेश सरकारको बजेट ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार छ।
संवैधानिक व्यवस्था अनुसार सदन चल्न नसकेको अवस्थामा ल्याईएको अध्यादेश सदन चलेको ६० दिनभित्र प्रतिस्थापन नगरे निश्क्रिय हुन्छ।