कर्णाली टाइम्स
शुक्रबार, चैत्र ४, २०७८
भेरी नदीमा बेपत्ता भएको तीनैजना बालवालिकाको शव भेटिएको छ। एकजनाको बुधवार र बिहिबार दुई बालवालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
नुहाउने क्रममा बेपत्ता भएकामध्ये लेकवेशी नगरपालिका–२ का ८ वर्षीय दिनेश बुढाको शव बुधबार भेटिएको थियो। उनको भेरीगंगा नगरपालिका–२ मा पर्ने भेरी पुल नजिकै शव भेटिएको थियो।
यस्तै बिहिबार भेरीगंगा नगरपालिका–११ का १२ बर्षीय कृष्ण सिंजाली गंगा खड्काको शव भेटिएको प्रहरीले जनाएको छ। उनीहरुको शव भेरीगंगा नगरपालिका–१३ स्थित नदी किनारमा भेटिएको हो।
फागुन २८ गते सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएको थिए।
