बिहीबार, पुस ३, २०८२

ब्राउनसुगरसहित सुर्खेतबाट एक जना पक्राउ

  
कर्णाली टाइम्स मंगलबार, चैत्र १५, २०७८

सुर्खेत। सुर्खेतबाट लागुऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सोमबार बेलुका वीरेन्द्रनगरबाट एकजनालाई लागुऔषधसहित पक्राउ गरिएको हो।
सादा पोसाकमा खटिएको जिल्ला प्रहरी कार्यालयको टोलीले वीरेन्द्रनगर–६ घिमिरे होटलबाट दैलेखको नारायण नगरपालिका–२ का २७ वर्षीय अर्जुन थापालाई पक्राउ गरेको हो।
उनको साथबाट २० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको छ। पक्राउ परेका थापालई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।