शनिबार, पुस ५, २०८२

सुर्खेत उद्योग वाणिज्य संघको मतदाता नामावलीमा त्रुटी, छानविनपछि मात्र मतदान प्रक्रिया थाल्न निवेदन

  
कर्णाली टाइम्स आइतवार, बैशाख ४, २०७९


सुर्खेत। सुर्खेत उद्योग वाणिज्य संघको मतदाता नामावलीमा त्रुटी देखिएको छ। आइतबार हुने निर्वाचनका लागि प्रकाशित नामावलीमा त्रुटी देखिएपछि अध्यक्ष पदका उम्मेदवार हर्षविक्रम खड्काले छानविन गरेर मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्वाचन समितिलाई निवेदन दिएका छन्।
निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावलीमा केही व्यवसायी मतदाता समावेश भएर पनि अहिले छुटेका छन्। कतिपय मतदाता अन्तिम नामावलीमा समावेश नभएपछि अहिले समावेश गराईएको पाईएको छ।
पछिल्लो समय निर्वाचन समितिले उपलब्ध गराईएको मतदाता नामावलीमा ८५, २२८६, ४२६६, ४३३०, ४४१७, ४५६३ सदस्यता नम्बर भएका व्यवसायीहरुको सूची छ। उनीहरुको सूची निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावलीमा थिएन।
यस्तै सदस्यता नम्बर ३८९, १३९४, १७५१, १९३५, १४६६, २७७ हाल उपलब्ध गराईएको मतदाता नामावलीमा समावेश भएपनि समितिले प्रकाशित गरेको अन्तिमा नामावलीमा यो सूची थिएन ।
‘निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावलीमा समावेश भएका सदस्यहरुको मतदाता नामावलीमा छुट भएको र अन्तिम नामावलीमा समावेशन नभएका मतदाताहरुको मतदता नामावलीमा थप भएको देखिएकोले सो मतदाताहरुको छानविन गरी मात्र मतदान प्रक्रिया अघि बढाउन अनुरोध छ।’ अध्यक्षका उम्मेदवार खड्काले पेश गरेको निवेदनमा भनिएको छ।