शनिबार, बैशाख ८, २०८१

सुर्खेत उद्योग वाणिज्य संघको कार्यसमिति चयनका लागि मतदान जारी, ८ सय बढी मत खस्यो

  
कर्णाली टाइम्स आइतवार, बैशाख ४, २०७९


सुर्खेत। सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन गर्न मतदान भईरहेको छ। आइतबार बिहान पौने १० बजेदेखि सुरु भएको मतदान प्रक्रिया चलिरहेको छ।
निर्वाचन समितिका अनुसार हालसम्म ८ सय भन्दा धेरै मतदाताले मतदान गरिसकेका छन्। वीरेन्द्रनगरको सिटी हलमा मतदान भईरहेको छ। अहिलेको निर्वाचनमा मतदान गर्न पाउने व्यवसायी २ हजार ५८ जना छन्।
निर्वाचन समितिका अनुसार एकैपटक २० जनाले मतदान गर्न पाउनेगरी बुथ बनाईएको छ।
सुर्खेत उद्योग वाणिज्य संघको १३ औं कार्यसमितिको नेतृत्व गर्न काँग्रेस निकट दुईजना व्यवसायी छुट्टाछुट्टै समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन्। वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का र महासचिव लक्ष्मण कँडेल अध्यक्षका उम्मेदवार हुन्।
खड्काको प्यानललाई नेपाली काँग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट व्यववसायिक संगठनहरुले समर्थन गरेका छन्। कँडेलको प्यानललाई काँग्रसको संस्थापनइतर समूह निकट केही व्यवसायी र एमाले निकट व्यवसायीहरुले साथ दिएका छन्।