
सुर्खेत। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले भेरीगंगा नगरपालिकाको उपमेयरमा ९ जनाको नाम सिफारिस गरेको छ ।
नेपाली काँग्रेस भेरीगंगा नगर कार्यसमितिले भगवती शाहीसहित नौ जनाको नाम उपमेयरमा सिफारिस गरेको छ । शुक्रबार प्रदेश सभा क्षेत्रीय कार्य समितिमार्फत् उनीसहित उपमेयरका उम्मेदवारको नाम जिल्ला कार्यसमितिमा पठाईएको हो ।
नगर कार्यसमितका एक सदस्यका अनुसार उपमेयरमा नाम सिफारिस भएकाहरुमध्ये शाही सशक्त उम्मेदवार हुन् ।
शाहीले यसअघि स्थानीय तह नेपाल निजामति कर्मचारी युनियन संघ भेरीगंगाको सचिव भएर दुई बर्ष काम गरिसकेकी छन् । ‘यहाँबाट उपमेयरमा सिफारिस भएका नामहरु धेरै छने, तर उहाँको उम्मेदवारी करिब पक्का भएको छ,’ ती सदस्यले भने ।
उनका अनुसार काँग्रेसबाट भेरीगंगाको उपमेयरका लागि गोमा थापा, प्रतिक्षा विक, विद्या केसी, ज्ञानु भुषाल, भूपेन्द्रबहादुर रोकाया, किरण भाट, मैसरी खत्री र रमाना परियारको नाम पनि सिफारिस गरिएको छ ।
कर्णाली टाइम्स
शनिबार, बैशाख १०, २०७९
