कर्णाली टाइम्स
शुक्रबार, बैशाख २३, २०७९

सुर्खेत। सल्यानमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। आफन्तको विवाहमा सहभागी भई घर फर्किने क्रममा कुमाख गाउँपालिका–३ चिनालीकी ४० वर्षीय तीलसरी घर्तीको भीरबाट लडेर मृत्यु भएको हो।
उनी सिद्धकुमाख गाउँपालिका–४ मा भीरबाट लडेर करिब ३५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
घर्ती सिद्धकुमाख गाउँपालिका–४ जानेखेतस्थित आफन्त टेकबहादुर पुनको विवाहमा गएकी थिइन्। घर्तिको भीरबाट लडेर मृत्यु भएको स्थानीयले खबर गरेपछि घटनास्थलमा प्रहरी टोली खटिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रहरीले जनाएको छ।
