
सुर्खेत। स्थानीय तह निर्वाचन २०७४ को मतदान गर्ने दिन संघारमा छ। दलका र स्वतन्त्र उम्मेदवारहरुले चुनाव चिन्ह पाएदेखि भोट माग्ने क्रम दिनानुदिन चलिरहेको छ। अन्यत्रजस्तै सुर्खेतमा पनि दैनिकजसो विभिन्न पार्टीका चुनावी ¥याली निक्लिरहेका छन्।
कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको वीरेन्द्रनगरमा अन्यत्रभन्दा चुनावी माहोल अली बढी देखिएको छ। मानिसको उपस्थिति, सवारी साधनको पर्याप्त पहुँच जस्ता कुराले कर्णालीमा अन्तका भन्दा वीरेन्द्रनगरमा चुनावी माहोल विशेष देखिएको हो।
वीरेन्द्रनगरमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच चुनावी तालमेल छ। नेपाली काँग्रेसले नगरपालिकाको प्रमुख र माओवादी केन्द्रले उपप्रमुख पाउनेगरी सहमति भएअनुसार उम्मेदवारी पनि एक/एक वटा परेका छन्।
नगरको नेतृत्व लिन माओवादी र काँग्रेसबीच तालमेल भएपनि वडामा भने सबै दलहरु एकल रुपमा चुनावी प्रतिस्पर्धा गरिरहेका छन्। ‘वडामा खासै गठबन्धन छैन, अहिलेसम्म एकल उम्मेदवारी नै छ,’ नेपाली काँग्रेस सुर्खेतका एक पदाधिकारीले भने, ‘चुनावको दिनसम्म हेरुम, कतै समझदारी बनिहाल्छ की।’
समझदारी भईहाले पनि कति र कुनकुन वडामा हुने भन्ने एकीन छैन। सहमति नएपनि अहिलेको चुनावमा बहुसंख्यक वडाहरुमा निर्वाचन जित्ने दाउमा नेपाली काँग्रेसको छ।
‘हाम्रो आन्तकिर तयारी त पूरै वडामा जित्नेगरी हो, तर पनि अहिलेको चुनावमा अघिल्लो चुनावमा जितेको भन्दा धेरै नै वडाहरुमा हामीले जित्छौं,’ नेपाली काँग्रेस सुर्खेतका एक पदाधिकारीले भने, ‘बहुसंख्यक वडामा त हाम्रो अध्यक्ष बन्ने निश्चित छ।’
२०७४ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले वीरेन्द्रनगरका ६ वटा डामा जितेको थियो । वडा नम्बर ३, ५, ६, ७, ९ र १६ मा काँग्रेसले वडाध्यक्ष जितेको थियो । बाँकी वडाहरुमा नेकपा एमालेले अध्यक्ष जितेको थियो ।
कर्णाली टाइम्स
शुक्रबार, बैशाख २३, २०७९
