शनिबार, पुस ५, २०८२

बागी उम्मेदवार, प्रस्तावक र समर्थकको विवरण केन्द्रमा पठाउन कांग्रेसको निर्देशन

  
कर्णाली टाइम्स शुक्रबार, बैशाख २३, २०७९


सुर्खेत। नेपाली कांग्रेसले स्थानीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिनेहरूको विवरण केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ।
विद्रोही उम्मेदवार र प्रस्तावक तथा समर्थकको विवरण तत्काल केन्द्रमा पठाउन कांग्रेसले जिल्ला कार्यसमितिलाई निर्देशन दिएको हो।
कांग्रेसले बागी, प्रस्तावक र समर्थक स्वत: पार्टीबाट निस्कासन भएकोसमेत बताएको छ। उनीहरूको विवरण केन्द्रबाट हटाउन सूची माग गरिएको हो।
बागी उम्मेदवार, प्रस्तावक र समर्थकको पार्टी सदस्यता समाप्त भई पाँच वर्षका लागि स्वतः पार्टीबाट निष्कासित गर्ने निर्णय गरिएको हो।