कर्णाली टाइम्स
शनिबार, बैशाख ३१, २०७९

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने भएको छ। गएराती राति १२ बजेसम्म मतपेटिका संकलन कार्य सम्पन्न भएपनि सर्वदलिय बैठक बस्न सकेन्। बिहानदेखि जारी सर्वदलीय बैठकले ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो। वीरेन्द्रनगरका १६ वटै वडाका मतपेटिका वीरेन्द्रनगर आइसकेका छन्।
मतगणना वीरेन्द्रनगरको सिटी हलमा हुने बताइएको छ। वीरेन्द्रनगरमा २५ मतदान केन्द्र र ७५ वटा मतदान स्थल छन्।
नगरपालिकामा ६७ हजार ५६ मतदाता रहेकोमा शुक्रबारको निर्वाचनमा ४८ हजार ३०४ (७२.०४ प्रतिशत)ले मतदान गरेका छन्।
