शनिबार, बैशाख ८, २०८१

सुर्खेतको पञ्चपुरीमा काँग्रेस विजयी

  
कर्णाली टाइम्स मंगलबार, जेष्ठ ३, २०७९


सुर्खेत। सुर्खेतको पञ्चपुरी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका लालविर भण्डारी निर्वाचित भएका छन्। भण्डारीले ५ हजार ९०९ मत ल्याएर निर्वाचित मत ल्याएर मेयरमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी ५ हजार ११८ मत ल्याएका छन्।
उपमेयरमा काँग्रेसकै मुक्तिदेवी रेग्मी निर्वाचित भएकी छन्। उनले ६ हजार ९४ मत ल्याएकी छन्। अर्का उम्मेदवार एमालेकी दुर्गाकुमारी जैसीले ५ हजार १६८ ल्याएकी छन्।
रेग्मी २०७४ को स्थानीय तह निर्वाचनबाट पनि उपमेयर निर्वाचित भएकी थिईन्।