शनिबार, बैशाख १५, २०८१

संघीयताको अहिलेको स्वरुप सार्थक छैन : राप्रपा अध्यक्ष थापा

  
कर्णाली टाइम्स शुक्रबार, असार १७, २०७९


सुर्खेत। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको संघीयताको स्वरुप सार्थक नभएको बताएका छन्। शुक्रबार सुर्खेतमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले संघीयताको अहिलेको मोडेल बढी खर्चिलो भएको भन्दै अब यसको स्वरुव परिवर्तन गर्नुपर्ने बताए।
संघीयताको वर्तमान स्वरुपमा परिवर्तन गरेर स्थानीय सरकारलाई बलियो बनाई दुई तहको मात्र सरकार बनाउनुपर्ने उनको भनाई छ।
भ्रष्ट्राचारलाई नियन्त्रण गर्ने निकायहरु पार्टीगत आधारमा भागबण्डा गरेर नियुक्त गर्ने प्रचलन देशको दुर्भाग्य भएको उनले टिप्पणी गरेका छन्।
अध्यक्ष थापाले बाह्य शक्तिको प्रभाव र धर्म परिवर्तनको डढेलोले नेपाल संकटमा परेको बताए। ‘धर्म परिवर्तनको डढेलोले हिन्दु राष्ट्रको दियो निभ्न दिुनुहँदैन्, विश्वमा सबैभन्दा धर्म परिवर्तन हुने देशमा नेपाल परेको छ,’ थापाले भने, ‘यसलाई नियन्त्रण नगर्ने हो भने केही बर्षमै नेपालको परम्परागत धार्मिक समुदायहरु अल्पमतमा पर्न सक्ने खतरा छ।’
धर्म परिवर्तनको शिलशिलाले किराँत र बुद्धिष्टहरु समेत खतरामा रहेको बताउँदै उनले हिन्दु धर्ममाथि पनि नकरात्मक खतरा बढेको टिप्पणी गरे। उनले यसलाई रोक्न सरकारसँग माग गरे।
अध्यक्ष थापाले राप्रपा नेपाल वैकल्पिक मार्गचित्र अंगालेर स्थापना भएको बताए। प्रत्यक्ष निर्वाचिन प्रधानमन्त्री हुनुपर्ने एजेण्डा आफ्नो पार्टीको भएको उनले बताए।
पार्टीको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन अध्यक्ष थापा बिहिवार सुर्खेत आएका हुन्।्