शुक्रबार, बैशाख १४, २०८१

अवैध काईनेटिक ढुंगासहित एकजना पक्राउ

  
कर्णाली टाइम्स सोमवार, साउन ९, २०७९


सुर्खेत। १६ क्वीन्टल अवैध काईनेटिक ढुंगासहित वीरेन्द्रनगरबाट एकजना पक्राउ परेका छन्। वीरेन्द्रनगर–११ समावेशी टोलका दीपकबहादुर बस्नेत अवैध काईनेटिक ढुंगासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
बस्नेतको घरमा अवैध रुपमा काईनेटिक ढुंगाको कारोबार भईरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
आइतबार उनको घरमा खानतलासी गर्दा १६ क्वीन्टल ९१ किलो ७ सय ग्राम काईनेटिक ढुंगा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
पक्राउ परेका बस्नेतलाई थप अनुसन्धानका लागि खानी तथा भूगर्भ कार्यालय सुर्खेतमा बुझाईएको छ।