बुधबार, असोज १०, २०८०

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

  
कर्णाली टाइम्स मंगलबार, साउन १७, २०७९


सुर्खेत। कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। प्रदेश मन्त्रिपरिषद्को निर्णयानुसार साउन शुक्ल पञ्चमी (नागपञ्चमी)का अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक सङ्घसंस्थामा बिदा लागू हुनेछ। प्रदेश मन्त्रिपरिषद्को २०७८ चैत २९ मा बसेको बैठकले २०७९ सालमा दिने बिदासम्बन्धी निर्णय गरेको थियो।
प्रदेश सरकारले नागपञ्चमीका साथै प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा भदौ ४ गते, असार १५ गते धान दिवस (जुम्लाबाहेक), जुम्लामा चैत १२ गते धान दिवस, साउन १ गते देउडा दिवस, भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी र कात्तिक ३ गते असोज शुक्ल पूर्णिमा, माघ १ गते चैते दशैँको अवसरमा बिदा दिँदै आएको छ।