शनिबार, बैशाख ८, २०८१

मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने

  
कर्णाली टाइम्स बिहीबार, साउन १९, २०७९


सुर्खेत। सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।
सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बुधवार भएको छलफलका क्रममा आज चुनावको मिति घोषणा गर्नेगरी सहमति भएको थियो। निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव सरकारलाई दिएको थियो।
२०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो। यसपटक भने स्थानीय चुनाव वैशाख ३० गते एकै चरणमा भएको थियो। २०७४ को स्थानीय चुनाव तीन चरणमा भएको थियो।
प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचन हुनेछ।