कर्णाली टाइम्स
मंगलबार, भदौ ७, २०७९
सुर्खेत। पछिल्लो २४ घण्टामा देशभर थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार ४ हजार ९४९ जनामा कोरोना परीक्षण गर्दा ६३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २ हजार ७५७ जनाको पिसिआर र २ हजार १९२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हाल देशभर देशभर कोरोना संक्रमितको संख्या ४ हजार २२१ छ।
संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने ४१७ जना डिस्चार्ज भएका छन्।