कर्णाली टाइम्स
शुक्रबार, भदौ १०, २०७९
सुर्खेत। पश्चिम सुर्खेतमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। चौकुने गाउँपालिका–२ का १९ बर्षीय युवकको बँदेलको आक्रमणबाट मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
बिहिवार बेलुका पाँच बजेतिर जंगल चौकुने–२ मा रहेको दानीगौडास्थित जंगलमा बँदेलको आक्रमणबाट १९ बर्षीय बिक्रम कठायतको मृत्यु भएको हो।
घरमा पाल्नका लागि सोही गाउँका बमबहादुर कठायत र बिर्खबहादुर बढा पनि उनको साथमा गएका थिए। जंगलको बाटोमा जाँदै गर्दा बिक्रम शौचालय जान भन्दै छेउतिर जाँदा बँदेलले आक्रमण गरेको हो। बँदेलले कठायतको घाँटीमा आक्रमण गरेको भेटिएको छ।
शुक्रबार बिहान प्रहरीलाई खबर गरेपछि ८ जनाको प्रहरी टोली घटनास्थल गएको थियो।