सुर्खेत। निर्माण व्यवसायी एकता समाज सुर्खेतको चुनावी अधिवेशन सुरु भएको छ। अधिवेशन आजदेखि सुरु भएको हो। शनिवार अधिवेशनको उद्घाटन सत्र सकिएको छ।
चुनावी अधिवेशनमा संस्थाको नयाँ नेतृत्वको लागि अध्यक्षमा व्यवसायी पदमबहादुर खड्का उम्मेदवार छन्। श्याम एण्ड शंकर जेभीका सञ्चालक रहेको खड्का संस्थाको नयाँ नेतृत्वका लागि बलिया उम्मेदवार हुन्।
समाजको अध्यक्षका लागि बसन्तविक्रम जिसीले उम्मेद्वारी घोषणा गरेका छन्। जिसी एल जेएस कन्स्ट्रक्सनका सञ्चालक हुन्। उनी यसअघि संस्थाको कोषाध्यक्ष थिए।
निर्माण व्यवसायीहरुलाई एकताबद्ध गरी व्यवसायीका वस्तुगत समस्या समाधान गर्न आफ्नो उम्मेदवारी भएको खड्काले बताए।
‘निर्माण व्यवसायी अनेक समस्यासँग जुध्नुपरेको अवस्था छ, ती समस्याहरु समाधान गर्न अध्यक्ष पदको उम्मेद्वार बनेको हुँ,’ खड्काले भने, ‘म निर्वाचित भएँ भने यहाँका निर्माण व्यवसायीले भोग्नुपरेका समस्याहरु समाधान गर्न तत्परताका साथ लाग्नेछु।’
संस्थाको वरिष्ठ उपाध्यक्षमा विक्रम गिरी र नेत्र कार्कीको अघि सरेका छन्। उपाध्यक्षमा कार्लमास्क श्रेष्ठ, सुरज थापा र चेतनाथ योगीको दावी छ।
महासचिवमा खगेन्द्र राना, गोविन्द मल्ल र सुनिल विसीको दावी छ।
सचिव पदमा राजकुमार मल्ल, नवराज सापकोटा, इन्द्र थापा, खम्ब शाही र विनोद गिरी उम्मेदवार छन्। कोषाध्यक्षमा मंगल श्रेष्ठ र सुशान्त कुवँरको दावी छ।
समाजमा २८१ जना मतदाता छन्। आइतबारदेखि संस्थाको नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया सुरु हुनेछ।
कर्णाली टाइम्स
शनिबार, भदौ ११, २०७९