मंगलबार, माघ २९, २०८१

निर्माण व्यवसायी एकता समाज सुर्खेतको अध्यक्षमा खड्का निर्वाचित

  
कर्णाली टाइम्स आइतवार, भदौ १२, २०७९


सुर्खेत। नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको अध्यक्षमा पदमबहादुर खड्का निर्वाचित भएका छन्। नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा खड्का १८६ मतसहित निर्वाचित भएका हुन्।
उनका प्रतिद्वन्द्वी बसन्तविक्रम जिसीले ५३ मत प्राप्त गरेका छन्।
२८० मतदाता रहेको समाजको निर्वाचनमा २३९ मत खसेको थियो।
यस्तै संस्थाको बरिष्ठ उपाध्यक्षमा विक्रम गिरी (१३८), उपाध्यक्षमा चित्रनाथ योगी (८८), महासचिवमा खगेन्द्रविक्रम राना (१७५) निर्वाचित भएका छन्।
सचिवमा राजेन्द्रबहादुर शाही, कोषाध्यक्षमा सोमबहादुर श्रेष्ठ (मंगल) निर्वाचित भएका छन्। सदस्यहरुमा टोपबहादुर महातरा, नरेशकुमार शाही, रमेश बिसी र राजकुमार मल्ल निर्वाचित भएका छन्।
यस्तै दलित/जनताजी सदस्यमा कविराम दमाई र महिला सदस्यमा कल्पना खड्का निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।