कर्णाली टाइम्स
बिहीबार, भदौ १६, २०७९
सुर्खेत। नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा गोपाल शर्मा नियुक्त भएका छन्।
माओवादी संसदीय दलले बिहिवार शर्मालाई प्रमुख सचेतकमा नियुक्त गरेको हो। रुकुम पश्चिमबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य शर्मा महेन्द्रबहादुर शाही मुख्यमन्त्री हुँदा अर्थमन्त्री थिए।
यसअघि जाजरकोटकी कृष्णा शाह प्रमुख सचेतक थिईन्। शाह अहिले आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि शर्मालाई प्रमुख सचेतकको जिम्मेवारी दिईएको हो।