कर्णाली टाइम्स
सोमवार, भदौ २०, २०७९
सुर्खेत। कर्णाली प्रदेश अस्पतालले पनि अब मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ। यसका लागि अस्पतालले स्वास्थ्य सेवा विभागबाट अनुमति पाईसकेको छ। मिर्गौला प्रत्यारोपण गर्न आवश्यक पर्ने संरचना र उपकरणको व्यवस्थापन भईसकेको अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक प्राध्यापक डाक्टर डम्बर खड्काका अनुसार प्रदेश अस्पताल र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबीच मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न सम्झौता यसअघि नै भईसकेको छ।
अबको केही महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने उनले बताए।
नेपालमा काठमाडौं र पोखरापछि मिर्गौला प्रत्यारोपण सेवा सुर्खेतमा सुरु हुन लागेको हो।