बिहीबार, फागुन १, २०८१

वडाध्यक्षको राजीनामा माग गर्दै सिम्ता गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा तालाबन्दी

  
कर्णाली टाइम्स मंगलबार, भदौ २१, २०७९


सुर्खेत। सुर्खेतको सिम्ता गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको छ। केही दिनअघि एक महिलासँग असभ्य कुराकानी गरेको अडियो बाहिरिएपछि वडाध्यक्ष लोकबहादुर शाहीलाई राजीनामा दिन माग गर्दै वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेको हुन्।
मंगलबार एक सार्वजनिक विज्ञप्ती निकालेर वडा कार्यालयमा तालाबन्दी गरिएको हो।
विज्ञप्तीमा जनप्रतिनिधिले नै समाजमा गलत हर्कत गरेकोले वडाध्यक्षले राजीनामा दिएर प्रशासनले छानविन सुरु नगरेसम्म तालाबन्दी हुने उल्लेख गरिएको छ।
वडाध्यक्षले समाजमा गलत हर्कत गरेकोले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने स्थानीयले माग गरेका छन्।
वडाध्यक्ष शाहीले आफ्नो नाता पर्ने एक जना महिलासँग असभ्य तरिकाले कुरा गरेको अडियो केही दिनअघि बाहिरिएको थियो।
स्थानीयका अनुसार अध्यक्ष र उनले अडियोमा कुरा गरेकी महिलाबीच जेठाजु र बुहारी नाता पर्छ।