सुर्खेत। प्रदेशमा रहेको निजी शैक्षिक संस्थाहरुलाई एकीकरणसँगै नियमन गर्न कर्णाली प्रदेशमा नेपाल निजी शैक्षिक संघ स्थापना गरिएको छ। प्रदेशमा रहेका विभिन्न निजी शैक्षिक संस्थाहरुलाई एकीकृत गरी उनीहरुको नियमन गर्न नेपाल निजी शैक्षिक संघ गठन गरिएको हो।
निजी शैक्षिक संस्था सञ्चालक त्रिभुवन ढकालको संयोजकत्वमा १३ सदस्यीय संघ गठन गरिएको हो। ढकालको संयोजकत्वमा रहेको नेपाल निजी शैक्षिक संघको बरिष्ठ उपाध्यक्षमा हरि कँडेल, उपाध्यक्षमा लोकेन्द्र बहादुर गिरी, सचिवमा विष्णुकान्त न्यौपाने, सहसचिवमा एपेन्द्रकुमार खत्री, कोषाध्यक्षमा तिर्थराज अधिकारी छन्।
यस्तै सक्रीय सदस्यहरुमा सन्तोष दाहाल, रमेशबहादुर गुरुङ, सहकोषाध्यक्षमा गणेश सिंह ठकुरी रहेका छन्। सल्लाहकार सदस्यमा कृष्णप्रसाद ढकाल, सन्तोष शर्मा, प्रेमप्रसाद सापकोटा र ध्रुवबहादुर सिंह रहेका छन्।
प्रदेशमा रहेका स्कुल र कलेजबाहेकका शैक्षिक संस्थाहरुलाई एकीकृत तथा नियमन गर्न संस्था स्थापना गरिएको संघका अध्यक्ष ढकालले बताए। ‘यहाँ धेरै संस्थाहरु दर्ता नभएर नीति र नियमविपरित चलेका छन्, यसलाई नियमन गर्नु हाम्रो दायित्व हुनेछ,’ अध्यक्ष ढकालले भने, ‘सबै संस्थाहरुलाई आबद्ध हुने मनशाय पाएका छौं, यसले गर्दा यो संगठनले भोलिका दिनमा शैक्षिक शुल्कको विभेदलाई पनि न्युनिकरण गर्नेछ।’
अहिले गठन भएको संघमा निजी शैक्षिक संस्था (ईन्स्टिच्युड, तालिम केन्द्र) सँगै सिटीईभिटीद्वारा सञ्चालित शैक्षिक संस्थाहरु आबद्ध हुने ढकालले बताए।
कर्णाली टाइम्स
मंगलबार, असोज ४, २०७९