आइतवार, पुस ६, २०८२

पहिरोले घर भत्किँँदा पाँच जना बेपत्ता

  
कर्णाली टाइम्स आइतवार, असोज २३, २०७९


सुर्खेत। पहिरोले घर भत्किँदा कालीकोटमा एकै परिवारका पाँच जना बेपत्ता भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार तिलागुफा नगरपालिका–७ बालीगाउँमा ध्रुवराज विष्टको घर पहिरोले भत्किएको हो।
आइतबार बिहान साढे १० बजे घरमाथिबाट खसेको पहिरोले घर भत्काएको हो। ४२ बर्षीय ध्रुवराज विष्ट, उनकी ३५ बर्षीया श्रीमती ममता विष्ट, १५ बर्षीय छोरा भरत विष्ट, १३ बर्षीय छोरा कृपेश विष्ट र ११ बर्षीया छोरी ज्यानी बिष्ट बेपत्ता भएका हुन्।
घर माथीबाट आएको पहिराले ध्रुवराजका दुई घर र छिमेकीको घर पनि पहिरोले भत्काएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरी टोली खटिएको छ। तर निरन्तर बर्षाका कारण बेपत्ताहरुको खोजी कार्यमा कठिनाई भएको छ।
ध्रुवराजका १६ वटा पशुचौपाया पनि पहिरोमा परि बेपत्ता रहेको प्रहरीले जनाएको छ।