आइतवार, पुस ६, २०८२

हुम्लाको चंखेलीमा पहिरोले घर भत्किँदा ४ जनाको मृत्यु, पाँच जना घाईते

  
कर्णाली टाइम्स सोमवार, असोज २४, २०७९


सुर्खेत। हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले घर भत्किँदा चार जनाको मृत्यु भएको छ। मेल्डाम डुमबाडा बस्ने मनबिर विकको घर माथीबाट आएको पहिरोले घर भत्काउँदा घरमा भएका ९ जनाको परिवारमध्ये ४ जनाको मृत्यु भएको हो।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बेलुका ७ बजेतिर आएको पहिरोमा बिकको घर भत्किएको हो।
मृत्यु हुनेमा ६० बर्षीया तुलसा कामी, ७ बर्षीया बालिका बसन्ता कामी, ९ बर्षीया बालिका सुस्मिता कामी र १२ बर्षीया बालिका हैजाली कामी रहेका छन्।
सोही घरमा रहेका ३८ बर्षीय देउच्म कामी, ३६ बर्षीया औगाती कामी, १२ बर्षीया निरुता कामी, १४ बर्षीया मनिका कामी र ३ बर्षीय तपेन्द्र कामी घाईते भएका छन्।
प्रहरीका अनुसार ३६ बर्षीया औगती कामीको अवस्था चिन्ताजनक रहेको छ।