शनिबार, पुस ५, २०८२

सर्वोत्कृष्ट अनुसन्धान अधिकृतका रुपमा प्रहरी निरीक्षक शाही पुरस्कृत

  
कर्णाली टाइम्स सोमवार, असोज ३१, २०७९


सुर्खेत। प्रहरी निरीक्षक कनकबहादुर शाहीलाई नेपाल प्रहरीले प्रदेशको सर्वोत्कृष्ट अनुसन्धान अधिकृतको रुपमा पुरस्कृत गरेको छ। सल्यानको थारमारेमा रहेको ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक शाहीलाई सोमबार ६७ औं प्रहरी दिवसको अवसरमा सर्वोत्कृष्ट अनुसन्धान अधिकृतको रुपमा पुरस्कृत गरिएको हो।
अपराध अनुसन्धानको क्षेत्रमा निर्वाह गरेको भूमिकाको उच्च सम्मानसहित घोषणा गरिएको पुरस्कार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उनलाई पुरस्कार हस्तान्तरण गरेको हुन्।
यसअघि उनी जिल्ला प्रहरी कार्यालय सुर्खेतको अपराध अनुसन्धान शाखा प्रमुखको रुपमा कार्यरत थिए।