बिहीबार, पुस १०, २०८२

प्रधानमन्त्री कप क्रिकेटको कर्णाली प्रदेशस्तरीय छनोट खेलमा सुर्खेत विजयी

  
कर्णाली टाइम्स सोमवार, कार्तिक ७, २०७९


सुर्खेत। प्रधानमन्त्री कपका लागि कर्णाली प्रदेशस्तरी छनोट खेलमा सुर्खेत विजयी भएको छ। आइतबार सल्यान र सुर्खेतबीच भएको छनोट प्रतियोगिताको फाईनल खेलमा सुर्खेत २ वीकेटले विजयी भएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको सल्यानले २९.२ ओभरमा आफ्नो १० वीकेट गुमाएर १५८ रन बनाउन सफल भएको थियो। सल्यानका दिवान पुनले ४५ र दिनेश अधिकारीले ३४ रन बनाएका थिए।
सुर्खेतका रविन्द्रजंग शाहीले ३ वीकेट र आवास शाहले २ वीकेट लिन सफल भए। जवाफमा १५९ रनको लक्ष्य लिएको सुर्खेतले २३.४ ओभरमा आफ्नो ८ वीकेट गुमाएर १५९ रन बनाउन सफल भएको थियो।
सुर्खेतका रविन्द्रले ४५ रन र मनिश थापाले ३६ रन जोडेका थिए भने सल्यानका चन्द्र विसीले ३ वीकेट र दिपेन्द्र रावतले २ वीकेट लिन सफल भएका थिए।
फाईनल खेलमा सुर्खेतका रविन्द्र ४५ रन र ३ वीकेटसहित म्यान अफ दि म्याच घोषित भएको सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष श्रीधर केसीले जानकारी दिए।
प्रदेशस्तरीय छनोट प्रतियोगितामा विजयी भएको सुर्खेतले काठमाडौंमा कात्तिक १३ गते हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्दै सहभागी हुनेछ।