बुधबार, असोज १०, २०८०

४ गते स्थगित भएको सुर्खेत–१ को केन्द्रमा मतदान सकियो, राती १० बजेबाट गणना गरिने

  
कर्णाली टाइम्स मंगलबार, मंसिर ६, २०७९

सुर्खेत। सुर्खेतको प्रतिनिधि सभा निर्वाच क्षेत्र १ अन्तर्गत स्थगित भएको मतदान केन्द्रमा आज पुनः मतदान भएको छ। सिम्ता बहुमुखी क्याम्पस मतदानस्थलमा रहेका केन्द्रमा मतदान स्थगित भएको थियो।
मंसिर ४ गते प्रतिनिधि सभाको १०० मतपत्र मतपत्र खस्नुपर्ने बाकसमा प्रदेश सभाको मतपत्र खसेपछि विवाद हुँदा मतदान स्थगित गरिएको थियो। उक्त केन्द्रमा आज पुनः मतदान गरिएको हो।
पुन गरिएको मतदानमा २ हजार मत खसेका छन्।
पुनः मतदान सकिएपछि आजै रातिबाट सुर्खेत–१ को मतगणना गरिने भएको छ। अहिले सर्वदलीय वैठक बसिरहेको र सम्भवतः राति १० बजेदेखि मतगणना गर्ने तयारी गरिएको छ। सुर्खेत–१ को मतगणना मेहलकुनामा रहेको सिटी हलमा गरिने जनाईएको छ।