बिहीबार, बैशाख ६, २०८१

नेपाल प्रेस युनियन कर्णाली प्रदेशको सर्वसम्मत नेतृत्व चयन

  
कर्णाली टाइम्स शुक्रबार, पुस २२, २०७९


सुर्खेत। नेपाल प्रेस युनियनको कर्णाली प्रदेश नेतृत्व सर्वसम्मत चयन भएको छ। बिहिबार सुर्खेतमा भएको प्रथम प्रदेश अधिवेशनले सर्वसम्मत् रुपमा नेतृत्व चयन गरेको हो।
युनियनको कर्णाली प्रदेश अध्यक्षमा नरेश सिंह थापा चयन भएका छन्। २६ सदस्यीय समितिको उपाध्यक्षमा खुलातर्फ रमेश शाही, महिलातर्फ उपाध्यक्षमा गीता शाही मल्ल, समावेशतर्फी उपाध्यक्षमा नविन शाक्य चयन भएका छन्।
महासचिवमा निरक शाही चयन भएका छन्। खुलातर्फ सचिवमा कृष्णबहादुर वली, महिलातर्फ सचिवमा रामदेवी खड्का, समावेशीतर्फ सचिवमा रमा केसी चयन भएका छन्।
यस्तै कोषाध्यक्षमा अंकबहादुर बुढा चयन भएका छन्।
सदस्यहरुमा गोविन्द रोकाय, श्रवण देवकोटा, सुरिता बस्नेत, राधिका शाही, डम्बर विक, गणेश बानियाँ, सिर्जना बुढाथोकी, दिलु रावत, प्रेम ओली, शारदा पुन, नविन शाही, लिलराज रोकाया, रमेश बोगटी, छिमा केसी, महेन्द्र सापकोटा र युवराज शाही चयन भएका छन्।
प्रथम अधिवेशनले लेखा समिति पनि गठन गरेको छ। समितिको संयोजकमा निवश पोख्रल चयन भएका छन् भने सदस्यहरुमा श्याम न्यौपाने र दीपक नेपाली चयन भएको युनियनका केन्द्रीय सदस्य विष्णु न्यौपानेले जानकारी दिए।