शुक्रबार, पुस ४, २०८२

उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित

  
कर्णाली टाइम्स शुक्रबार, चैत्र ३, २०७९

सुर्खेत। नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।
बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका यादव जसपाका संसदीय दलका नेता हुन्। निर्वाचन आयोगका अनुसार रामसहाय प्रसाद यादवले संघीय सांसदतर्फ १८४ को मतभार १४५३६ र प्रदेश सभाको मत ३२९ को मतभार १५७९२ पाएका छन्।
उनले कुल ३० हजार ३२८ मतभार पाएको जसपा सांसद प्रदीप यादवले जानकारी दिए।