कर्णाली टाइम्स
मंगलबार, चैत्र १४, २०७९
सुर्खेत। कर्णाली प्रदेश सरकारले बिहीबार बिदा दिएको छ।
रामनवमीको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता एवं उपसचिव निधिराज न्यौपानेले जानकारी दिए।
उक्त दिन प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा बिदा दिइएको हो।
गत फागुन २९ गते बसेको मन्त्रिपरिषदको बैठकले रामनवमीको अवसरमा प्रदेशमा बिदा दिने निर्णय गरेको थियो।