कर्णाली टाइम्स
शनिबार, पुस १४, २०८०
सुर्खेत। शुक्रबार भएको बालकुमारी घटनामा मृत्यु भएका परिवारलाई उचित क्षतिपूर्तिसहितको न्याय माग गर्दै सुर्खेतमा विरोध प्रदर्शन गरिएको छ। शनिबार वीरेन्द्रनगरमा विरोध प्रदर्शन गरिएको हो।
पीडितलाई न्याय दिनुपर्ने, मृतकहरुलाई सहिद घोषणा गर्नुपर्ने, वर्तमान सरकारले राजीनामा दिनुपर्ने लगायतमा माग गर्दै विरोध प्रदर्शन गरिएको हो।
विरोधमा उत्रिएका युवाहरुल योजनाबद्ध तवरले युवाहरुको हत्या गरिएको आरोप लगाएका छन्।
प्रदर्शनमा उत्रिएकाहरुले वीरेन्द्रचोकको चारैतिर टायर बालेका छन्।