बुधबार, जेष्ठ ८, २०८२

दशौं खेलकुद प्रवर्द्धनस्वरुप कर्णालीमा हाफ म्यारथन आयोजना हुँदै

  
कर्णाली टाइम्स मंगलबार, चैत्र २७, २०८०
सुर्खेत। कर्णालीमा पहिलोपटक हुन लागेको दशौं बृहत राष्ट्रिय खेलकुदको प्रवद्र्धनका लागि कर्णाली प्रदेश खेलकुख परिषदले हाफ म्याराथन आयोजना गर्न लागेको छ। २०८१ मंसिर पहिलो साता राष्ट्रिय खेलकुदको तयारीस्वरुप वैशाख अन्तिम साता कर्णाली हाफ म्याराथन आयोजना गर्न लागिएको हो।

रेस नेपालको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा वैशाख २९ गते कर्णाली हाफ म्याराथन हुन लागेको आयोजक अध्यक्ष टीएस ठकुरीले जानकारी दिए।
कर्णाली हाफ म्याराथनमा २१.०९७५ किलोमिटर पुरुष तथा महिला, ५ किलोमिटर विद्यालयस्तरीय छात्र एवम् छात्रा दौड, ५ किलोमिटर ह्वीलचेयर, ५ किलोमिटर कर्पोरेट रन र ४२१.९५ मिटर किड्स रन समावेश गरिएको छ।
म्याराथनका क्रममा खेलकुदसँग शिक्षा, स्वास्थ्य र पर्यटनबारे बिचार विमर्शसमेत समेत गरिने ठकुरीले जानकारी दिए। ‘हामीले पश्चिम नेपालमा एक दशकदेखि नेपालगन्ज म्याराथन गर्दै आएका छौँ, कर्णाली हाफ म्याराथन खासगरी त्यही अभियानको अर्को शृंखला हो।’ उनले भने।
नेपालगन्ज म्याराथनको भगिनी दौड प्रतियोगिताका रुपमा विभिन्न दुरीका अलगअलग दौड प्रतियोगिता सुरुआत गर्नेक्रममा कर्णाली हाफ म्याराथन हुन लागेको उनले बताए। कर्णाली हाफ म्याराथनलार्य आगामी दिनमा अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियामा समेत आयोजक अघि बढेका छन्। कर्णाली म्याराथनलाई विश्व म्याराथनको छातामुनि लैजाने पनि प्रयास गरिने उनले जानकारी दिए।
कर्णाली प्रदेश खेलकुद विकास परिषदसँगको साझेदारी तथा अन्य स्थानीय पालिका, निजी क्षेत्रको सहयोगमा कर्णाली हाफ म्याराथनलाई सफल बनाईने ठकुरीले बताए।