कर्णाली टाइम्स
मंगलबार, बैशाख १८, २०८१
सुर्खेत। कर्णाली प्रदेशको मन्त्री नियुक्त भएका नेकपा एमालेका विनोदकुमार शाहले शपथ ग्रहण बहिष्कार गरेका छन्। मुख्यमन्त्री यामलाल कँडेलले उनलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए।
स्रोतका अनुसार उनले भौतिक मन्त्रालय लिन खोजेका थिए। तर कृषि दिएपछि शपथग्रहण नै बहिष्कार गरेका हुन्।
‘पहिले नै संसदीय दलका नेता तथा मुख्यमन्त्रीलाई भौतिक मन्त्रालय लिने भनिएको थियो, केपी शर्मा ओलीको सचिवालयबाट पनि उहाँलाई सोही मन्त्रालय दिनु भनेर भनिएको रहेछ,’ स्रोतले भन्यो, ‘उताबाट कृषि मन्त्रालयमा नाम आएछ, अन्तिममा प्रदेश प्रमुखकहाँ गएको मन्त्रीको सूचीमा उहाँको अर्को मन्त्रालय देखिएपछि शपथ बहिष्कार गर्नुभएको छ।’
उनीबाहेकका अरु ६ जना मन्त्रीको भने मंगलबार शपथ भएको छ।