बुधबार, मंसिर १२, २०८१

भेरी नदीमा ट्याक्टर खस्यो, दुई जनाको घटनास्थलमै मृत्यु

  
कर्णाली टाइम्स शुक्रबार, बैशाख २८, २०८१


सुर्खेत। रुकुम पश्चिममा ट्याक्टर दुर्घटनामा परेको छ। सडकबाट भेरी नदीमा ट्याक्टर खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। आठबिसकोबाट जाजरकोटको रिम्ना बजार जाँदै गरेको ट्याक्टर भेरी नदीमा शुक्रबार दिउँसो १२ बजेतिर भेरी नदीमा खसेको हो।
भे २ त १६६८ नम्बरको ट्याक्टर शुक्रबार दिउँसो साढे १२ बजे आठबिसकोट नगरपालिका–१४ छेपारेस्थित जाजरकोट–डोल्पा सडकबाट भेरी नदीमा खसेको हो।
दुर्घटनामा आठबिसकोट नगरपालिका–१४ छेपारेका ट्याक्टरका चालक २२ बर्षीय विकास खड्का र सोही ठाउँका १८ बर्षीय हरि आचार्यको दुर्घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
आठबिसकोट–१४ का चिन्तामणि शर्मा, १८ बर्षीय विकास पोखरेल र सानोभेरी गाउँपालिका–४ का १६ बर्षीय निशान बुढाथोकी घाइते भएका छन्। घाईतेहरुको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ट्याक्टर नदीमा खस्नुअघि नै त्यसमा बसेकाहरु उछिट्टिएर पाखामा पुगेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुलेको छैन।