शनिबार, कार्तिक १०, २०८१

अवरुद्ध भएको कर्णाली राजमार्ग खुल्यो

  
कर्णाली टाइम्स शुक्रबार, असार १५, २०८१


सुर्खेत। पहिरोले अवरुद्ध भएको कर्णाली राजमार्ग खुलेको छ। गएरातिदेखि अवरुद्ध बनेको कर्णाली राजमार्गको दैलेख र कालीकोट खण्डको पहिरो पन्छाएपछि यातायात सुचारु भएको छ।
गएराति आएको बर्षाले कर्णाली राजमार्गको दैलेख र कालीकोट खण्डमा ६ ठाउँमा पहिरो गएको थियो। कालीकोट र दैलेखको सिमानास्थित कालेखोला र दहीखोला बीचमा पहिरो गएको थियो। दैलेख खण्डको पादुकादेखि साँगेतडासम्म पाँच ठाउँमा पहिरो गएको थियो।
सुरक्षाकर्मी र मेसिनको सहायताले पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याईएको दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए।