शनिबार, कार्तिक १०, २०८१

बुधबारदेखि सुर्खेतमा उद्यमशिलता सम्मेलन हुँदै

  
कर्णाली टाइम्स मंगलबार, असार १९, २०८१


सुर्खेत। बुधबारदेखि सुर्खेतमा ‘एन्टरप्रेनरसीप मोटिभेशनल कन्क्लेभ (उद्यमशिलता प्रेरणा सम्मेलन) हुन लागेको छ। राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशिल युवा सिर्जनशिल युवा राष्ट्रिय अभियानको संयुक्त आयोजनामा उद्यमशिलता प्रेरणा सम्मेलन हुन लागेको हो।
युवाहरुमा उद्यमशीलताको भावना विकास गर्न र त्यसका लागि आवश्यक उत्प्रेरणा, सूचना र ज्ञान दिने उद्देश्यका साथ सम्मेलन गर्न थालिएको सम्मेलनका संयोजक भूपेन्द्रजंग शाहीले जानकारी दिए। पुँजी निर्माण, रोजगारी सिर्जना र उद्यमशीलता विकास गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको उनले बताए। उद्यम गर्ने सोच बनाएका युवाहरुले भोग्नुपरेका अवरोध हटाउन सम्मेलनले सहयोग गर्ने अपेक्षा आयोजकको छ। सम्मेलनमा नीति निर्माता, बजार निर्माता र उद्यमीहरुको सक्रिया सहभागिता रहने जनाईएको छ।
संयोजक शाहीका अनुसार सम्मेलनमा विभिन्न मन्त्रालयलगायत देशका नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुको सहभागिता रहनेछ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, विभिन्न बैंका सिईओ, ठूला उद्यमीलगायतको सहभागिता रहनेछ।
सम्मेलनका क्रममा राष्ट्रिय, प्रदेश र स्थानीय तहका उद्यमशील व्यक्ति, नीति निर्माताहरुसँग चरणवद्ध छलफल गरिनेछ। सम्मेलनका क्रममा हुने वहसमा उद्यमशीलता र आर्थिक विकाससँग सम्बन्धित विज्ञ र सरोकारवालाहरुले भाग लिनेछन्।
यो सम्मेलन राष्ट्रियस्तरमा केही समयअघि काठमाडौंमा गरिएको थियो। प्रदेशस्तरमा गरिने यो सम्मेलन कर्णलीबाट सुरु गरिएको संयोजक शाहीले बताए।