सोमवार, जेष्ठ ६, २०८२

तीन वटा विधेयक प्रदेश सभामा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति

  
कर्णाली टाइम्स शुक्रबार, बैशाख २६, २०८२


सुर्खेत। कर्णाली प्रदेश सरकारले तीन वटा विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्कोस्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक, कर्णाली प्रदेश सशर्त अनुदानसम्बन्धि कार्यविधि, २०८२ र कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ लाई प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो।

प्रशासन तथा विधेयक समितिबाट प्राप्त परिमार्जनसहितको विधेयक प्रदेशसभामा पेस गर्न मन्त्रिपरिषदबाट स्वीकृति दिईएको सरकारका प्रवक्ता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले जानकारी दिए।

यही २१ वैशाखमा बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष प्रदेशसभाको बैठक २८ वैशाखमा आह्वानको सिफारिस गर्ने निर्णय गरेको थियो।

आइतबारदेखि सुरु हुने प्रदेश सभाको अधिवेशन बजेट अधिवेशनका रुपमा रहनेछ।