सुर्खेत। वीरेन्द्रनगरमा जारी १६ बर्षमुनिको टिबी स्मृति प्रथम राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहिबार भएका खेलमा घरेलु टोली कर्णाली र बाग्मती प्रदेशले जीत हात पारेका छन्।
वीरेन्द्रनगर मैदानमा भएको खेलमा कर्णालीले गण्डकीलाई १५८ रनले पराजित गरेको छ। यस्तै कालुङचोक मैदानमा बाग्मतीले लुम्बिनीमाथि ७ विकेटको फारकिलो जीत निकालेको छ।
घरेलु टोली कर्णालीले प्रतियोगिताअन्तर्गत भएका आफ्नो खेल अवधिको सर्वाधिक २३३ रन जोडेको हो। कर्णालीका लागि विजय बोहोराको नटआउट ८८ रनको योग्दान सम्झनयोग्य रहेको थियो। कौस्तुभ खडका र नेत्रविक्रम खत्रीको ओपनर जोडी क्रमशः ११ र १ रनमा पवेलियन फर्किएपछि तेस्रो नम्बरमा आएका नवीन न्यौपानेले अर्धशतकीय पारी खेल्दै टिमलाई सम्हाले।
रिदम पाण्डेको बलमा विनय कार्कीको हातबाट स्टम्प्ड हुनुअघि नवीनले १३४ को स्ट्राईक रेटमा ९ चौका र १ छक्कासहित ३८ बलमा ५१ रनको अर्धशकीय पारि खेल्दै जीत टिमलाई जीतको नजिक पु¥याए।
त्यसपछि क्रिजमा आएका भूपेन्द्रजंग शाहीले २ रन र रोशन शाहीले १७ रन बनाउँदै डगआउट फर्किपछि मिर्डर सम्हाल्न आएका नमनसिंह थापाले ४९ बलमा ४२ रन जोड्दै र टिमलाई मजबुत स्थितिमा अघि बढाए।
मिडल अर्डर सम्हाल्न आएका नमनको बलियो साथ पाएका कर्णालीका विजय बोहोराले पनि ५८ बलको सामना गर्दै १५१ को स्ट्राईक रेटमा ८ चौका र ६ छक्कासहित अविजित ८८ रन बटुल्दै टिमलाई जीत नजिक पुर्याए।
खेललाई १५ औं ओभरबाट सम्हालेका विजय र नमनले २८ दशमलव ३ ओभरसम्म डोर्याउँदै छैठौं विकेटका लागि ८४ रनको महत्वपूर्ण साझेदारी गरे। गण्डकीका लागि असामान्य बनेको उक्त साझेदारी तोड्न सफल भएका सुशिल भट्टराईले ६चौका र १ छक्का हानेका नमनलाई बोल्ड गर्दै टिमलाई राहत दिलाएका थिए।
गण्डकीका लागि ८ ओभर बलिङ गरेका सुशिल भट्टराईले २ मेडन ३४ डटसहित ४४ रन दिएर ४ विकेट लिए भने अनिश राउतले २ मेडन ३७ डटसहित ३ विकेट लिँदा करन गैरेको नाममा १ विकेट रह्यो।
विनय कार्की विजय बोहोराको एलब्यूडब्ल्यूको शिकार भएका विनय कार्की गोल्डेन डक भएर फर्किए लगत्तै कप्तान विपिन शर्माले ११ बलसम्म डट खेलाउँदै अर्का ओपनर रोज श्रेष्ठलाई पनि खाता खोल्ने मौकै नदिई बोल्ड गराए।
अर्को ओभरमा जम्मा ५ रन जोडेका प्रतिक रावललाई एलबीडल्यूको शिकार बनाएका विपिनलाई उछिन्दै विजयले फेरि सुप्रिम सुनारलाई १ रनमा एलबीडब्ल्यू र भुवन भट्टराईलाई ६ रनमा बोल्ड गराए । त्यसपछिका ब्याटरहरुमध्ये क्रमशः अनिश रावतलाई रोशन शाहीले कौस्तुभको हातमा ५ रनको स्कोरमा क्याच गराउँदा रमित कँडेल र रिदम पाण्डेले खाता खोल्ने मौका पाएनन्।
राज परियाले ३३ बलमा २३ रन र करन गैरेले सान्तन्वनास्वरुप २१ रन जोडे पनि जीतको लागि पर्याप्त भएन।
उता कालुङचोक मैदानमा भएको अर्को खेलमा बाग्मतीले लुम्बिनीमाथि शानदार रुपमा ७ विकेटको जीत निकाल्दै प्रतियोगितामा आफ्नो दवदबा कायमै राखेको छ। टस जितेर पहिला ब्याटिङ गर्न आएको लुम्बिनीलाई शुरुदेखि दवाबमा राखेको बाग्मतीले निर्धारित ५० ओभरको खेलमध्ये जम्मा २१ दशमलव ५ ओभरमा ११३ रनको सामान्य स्कोरमा लुम्बिनीलाई अलआउट गरायो।
लुम्बिनीका ओपनर समिर अली मुसलमानले ५८ बलमा १० चौकासहित ५५ रनको गतिलो शुरुवात दिलाएपनि तेस्रो नम्बरका रोजन कुमालले १२, आठौं क्रमका देव्यांश वर्माले १० रन जोड्दा लुम्बिनीका हिटरको छवि बनाएका रौनक श्रीवास्तव शुशील साउँदको बलमा अभी थपलियालाई ९ रनको व्यक्तिगत स्कोरमा क्याच थमाएपछि लुम्बिनी ठाडो उठ्न नसकेको हो।
बाग्मतीका बलरसामु निरिह देखिएका लुम्बिनीका बाँकी रहेकामध्ये ३ जनाले ५ रनभन्दा बढि जोड्न सकेनन भने ४ जना शून्यैमै सीमित भए। ११४ रनको सहज लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको बाग्मतिले २५ ओभर १ बलमा जम्मा ३ विकेट गुमाउँदै सजिलै लक्ष्य पूरा गरेर आफ्नो वर्चश्व कायम राख्यो।
बाग्मतिका लागि ओपनिङ गरेका सूर्यांशु कोइरालाले ५७ बलमा ७ चौका र २ छक्कासहित ५४ रनको बलियो पारी खेल्दै टीमको जीतको मजबुत जग बसाले। १६ ओभर ३ बलसम्म क्रिजमा टिकेका सूर्यांशुलाई शुभम कोइरालाले फालेको बलमा प्रेम सागर यादवले क्याचआउट गर्नुअघि सूर्यांशुले टिमका लागि आफ्नो जिम्मेवारी पूरा गरिसकेका थिए।
२६ बलमा ११ रन जोडेका दोस्रो नम्बरका ब्याटर प्रशिद्ध जैसीलाई लक्ष्मण कुमालले प्रेम सागरमार्फत नै क्याच गराएपछि क्रिजमा आएका जोय थापाले २८ रन जोड्दै टिमलाई जीतको मुखमा पु¥याए।
१२ रन अतिरिक्त पाएको बाग्मतीका लागि लागि शिवशक्ति महतोले ९ रनसहित फिनिसिङ गरे।
राउण्ड रोविन चरणको करिब अन्तिमतिर आईपुग्दा खेलिएका जम्मा ६ खेलमध्ये १ मा मात्र हारेको बाग्मती १० अंकसहित पहिलो अंकमा रहँदा ६ खेलमा ४ खेल जितेको मधेश ८ अंकसहित दोस्रोमा छन्।
समान खेल खेलेको कोशी नेट रनरेटका आधारमा तेस्रो स्थानमा रहँदा खेल शुक्रबार सुदूरपश्चिम र लुम्बिनीबीच हुनेछ।