शुक्रबार, असार २०, २०८२

कर्णाली याक्सले रिटेन गर्यो सात खेलाडी

  
कर्णाली टाइम्स मंगलबार, असार १७, २०८२

सुर्खेत। नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामीसहित सात खेलाडीलाई रिटेन गरेको छ।

कर्णालीले सोमपालसहित गुल्सन झा, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, नन्दन यादव, दीपेन्द्र रावत र युनिस विक्रम ठकुरीलाई टोलीमा राख्ने निर्णय गरेको हो।

विपिन अघिल्लो सिजन ट्यालेन्ट हन्टबाट छानिएका थिए। उत्कृष्ट प्रदर्शन गरेपछि विपिनले नेपालको यू–१९ टोलीबाट खेलिसकेका छन् भने हाल मलेसियामा भईरहेको यू–१६ प्रतियोगितामा नेपाली टोलीको कप्तानी गरिरहेका छन्।

कर्णालीले मौसम ढकाल, देव खनाल, रित गौतम, भुवन कार्की र दीपक डुम्रेलाई भने फुकुवा गरेको छ।