कर्णाली टाइम्स
शुक्रबार, असार २०, २०८२
सुर्खेत। जाजरकोटमा भिरबाट खसेको ढुंगाले च्यापिएर दुई जनाको मृत्यु भएको छ। बिहिबार राति कुशे गाउँपालिका–३ तर्पेना गाउँका १६ बर्षकी चन्द्रा बुढा र २० बर्षकी सर्मिला बुढाको मृत्यु भएको हो।
उनीहरु एकै घरका दुई बहिनी हुन्। भूकम्पपछि निर्माण गरिएको अस्थायी टहरामा सुतिरहेका उनीहरुलाई राति साढे ९ बजेतिर टहरामाथिको भिरबाट ढुंगा खसेर च्यापेको थियो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बहिनी चन्द्राको घटनास्थलमै मृत्यु भएको हो। सर्मिलाको भने उपचारका लागि स्थानीय अस्पताल लैजाँदै गर्दा बाटामो मृत्यु भएको हो।
घटनास्थलमा प्रहरी पुगेको र घटनाको बारेमा थप जानकारी लिने काम भईरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।