कर्णाली टाइम्स
बुधबार, साउन ७, २०८२

सुर्खेत। भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन्। मंगलबार राति जाजरकोटको नलगाड नगरपालिकाको केन्द्र दल्लीबाट रिम्नातर्फ आईरहेको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१४ पिपलचौर नजिकबाट भेरी नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार टिपरमा सवार चालकसहित तीन जनाको अवस्था अज्ञात रहेको छ।
बेपत्ताहरुको खोजी गर्न रुकुम पश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको छ।
भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले खोजी कार्यमा कठिनाई भएको जाजरकोट प्रहरीले जनाएको छ।
बेपत्ता भएकाहरुको पहिचान खुल्न सकेको छैन।
