कर्णाली टाइम्स
मंगलबार, साउन १३, २०८२

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५, का वडाध्यक्ष लोकबहादुर शाहीको निधन भएको छ।
काठमाडौंस्थित बीर अस्पतालमा उपचार गराएर घर फर्कदै गरेका शाहीको बाटोमै निधन भएको हो।
शाही विगत एक वर्षयता फोक्सोको क्यान्सरबाट पीडित थिए। उपचारमा संलग्न चिकित्सकहरुले उनलाई लागेको क्यान्सर रोग निको नहुने बताएपछि घर ल्याउन लागिएको थियो।
शाहीको बाटोमै निधन भएको वडा नम्बर ५ का कार्यवाहक वडाध्यक्ष बासु आचार्यले जानकारी दिए।
शाही नेकपा एमालेबाट २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडाध्यक्ष निर्वाचित भएका थिए।
