देशभर मौसममा सुधार, पानी पार्ने प्रणाली बाहिरियो
सुर्खेत। नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ। आज बिहानै देशका अधिकांश क्षेत्रमा घाम लागेको छ।
वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चार/पाँच दिनयता अर्काे प्रणाली विकसित हुने देखिएको छैन। भारतको विहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले असोज ३१ देखि कात्तिक ३ गतेसम्म नै भारी वर्षा गराएको थियो।
हाल उक्त प्रणाली ब






